चितवन । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै मदिरा तथा मदिराजन्य पदार्थहरु ओसार पसार, बेचबिखन तथा सेवन गर्न पूर्णरुपमा निषेध गरिने भएको छ ।
वैशाख ७ गते राती १२ बजेदेखि मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम मदिरा निषेध गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मदिरा निषेध गर्न लागेको जनाएको छ ।