काठमाडौं, ११ वैशाख-
चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुनले मनोनयन दर्ता गराएको बताए ।
स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले पनि मनोनयन दर्ता गराएका हुन् ।
पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी नै छ ।
मनोनयन दर्ताको समय सोमबार बेलुकी ५ बजेसम्म छ ।- न्युज कारखाना
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार