भरतपुर,बैशाक ४
चितवन उद्योग संघ, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रा।लि र फ्यूचरेक्स ट्रेड फियर एण्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा चितवन प्रदर्शनी केन्द्रमा अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको सातौँ संस्करणको रुपमा “सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०” हुने भएको छ ।
चितवन प्रदर्शनी केन्द्र भरतपुरमा बैशाख २२, २३ र २४ गते अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हुने पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
प्रर्दशनीमा निशुल्क प्रवेशको व्यवस्था हुने साझेदार संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा आएका जिज्ञासाहरुको समाधान सहित चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गरेका थिए ।