चितवन, वैशाख ४
आइतबार मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पिडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि अश्रुग्याँस प्रहार गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले बताए ।
अश्रुग्याँसबाटएकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
प्रदर्शनकारीहरु तितरबितर गराउन प्रहरीले दुईसेल अश्रुग्याँस प्रहार गरेको उनले बताए ।
विभिन्न जिल्लाहरुबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका छन् ।