चितवन बैशाख ०४
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेको गाडी चालक घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका छन् ।
आज (सोमबार) बिहान करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित भाडामा बसेको लामिछानेको घरको छतबाट खस्दा निजका चालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका–३ का ३९ वर्षिय शम्भु भन्ने दिल बहादुर थापाको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
गम्भिर घाईते भएका थापाको पुरानो मेडिकल कलेजका उपचार भइरहेको प्रवक्ता पण्डितले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।उनी छतबाट खसेका, हामफालेको वा अन्य कुनै कारणले हो भन्ने बारेमा एकिन हुन सकेको छैन ।लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।