चितवन बैशाख ०२
इनर भिजन सोसाइटी नेपालको तेस्रो साधारण सभा सम्पन्न भएको छ । भरतपुर ११ गणेशधाममा सम्पन्न साधारण सभाले नया कार्य समिति चयन गरेको छ ।
सोसाइटीको अध्यक्षमा पुर्ण बहादुर गाहा मगर पुन अध्यक्षमा निर्वाचित भएका छन । भरतपु ११ वडा समिति सदस्य भोजराज सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा ९ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा पदम राज आचार्य, सचिव पृथ्वीनारायण महतो, कोषाध्यक्ष अप्सरा देवकोटा, सदस्यहरूमा कृष्ण चापागाईं, शुशिला पाण्डे विश्वकर्मा, धुर्वा विक, प्रविन श्रेष्ठ, सरस्वती शर्मा पौडेल चयन भएका छन ।
कार्यक्रममा प्रमुख अतिथि सुवेदीले संस्थाको हरेक सामाजिक कार्यमा वडाले सहयोग गर्ने बताए । कार्यक्रमको संचालन दामोदर देवकोटाले गरेको थिए ।