चितवन, चैत २३ –
भरतपुरको लंकुमा रहेको जेम्स वोर्ल्ड फन पार्क आन्तरिक पर्यटकको आकर्षणका रुपमा विकसि हुँदै गएको छ ।
अहिले फनपार्कले नयाँ वर्षलाई लक्षित गरेर विभिन्न छुटको अवसर ल्याएको छ ।
वैशाख १, २ र ३ गते टिकट खरिद गर्नेहरुलाई १० महिनासम्म तीनपटक प्रवेश गर्न पाउने व्यवस्था गरिएको पार्कका अध्यक्ष महेश तिवारीले जानकारी दिए ।
४ वर्षअघि भेटघाट ग्रुपले सञ्चालनमा ल्याएको पार्क आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । विदाका दिनहरुमा पर्यटकहको घुइँचो नै लाग्ने छ । गर्मीको सिजनमा स्विमिङ्ग गर्न आउनेहरुको लर्काे लाग्छ ।
अफर अन्तर्गत ५५० र ७५० रुपैयाँको टिकट लागु हुने छ । ती टिकट खरिदमा प्रत्येक ग्राहकले स्पिन द ह्विल खेल खेलेर स्योर शर्ट पुरस्कार जित्न सक्ने छन् । अफर अन्तर्गतको टिकटबाट फनपार्कभित्र प्रायजसो सबै खेलहरु खेल्न सकिने छ ।
फन पार्कमा सानादेखि ठूला गरी १०० खेल समावेश गरिएको छ । फनपार्कमा मिनी रेल, स्विमिङ पुल, अम्ब्रेला वाटर फल, ट्याम्पोलिङ, आउट डोर प्ले ग्राउण्ड, बढी स्लाइड, मल्टी लेन रेसर, पारिवारिक स्लाइड लगायतको व्यवस्था रहेको छ । पार्कमा सबै उमेरका व्यक्ति रमाउन सक्छन् । फन पार्कमा विभिन्न खेलहरुसहित रेस्टुरेन्ट, फुड कोर्ट, नर्सिङ स्टेसन समेतको व्यवस्था गरिएको छ ।
पार्कमा रहेको चितवनकै पहिलो वाटर पार्कमा दुई ठूला टनेल छन् । ४३ फिटको उचाइबाट २६५ फिट लामो टनेलमा पानीमा रम्दै झर्ने व्यवस्था गरिएको छ ।