चितवन – भरतपुर प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई एकै साथ ८ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ । प्रतिष्ठानले आईतबार एक कार्यक्रमका बीच फरक–फरक ८ वटा विधामा पुरस्कार वितरण गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।प्रतिष्ठानले नारायणी प्रज्ञा सम्मानबाट सहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनलाई प्रदान गरिएको छ ।
यो पुरस्कारको राशि १ लाख ७८ रुपैयाँ रहेको छ । नेपाली भाषा, साहित्य, कला–संकृतिकव् क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै नारायणी प्रज्ञा सम्मानबाट गरिएको हो ।भरतपुर प्रज्ञा सम्मानबाट कलाकार ऋद्धिचरण श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । श्रेष्ठलाई नेपालको कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
यस्तै कृष्ण बम मल्ल प्रज्ञा सम्मानबाट लेखक डिआर पोखरेललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । नेपाली वाड्मय, लोकसाहित्य तथा संस्कृतिको क्षेत्रमा पुराएको योगदानको कदर गर्दै यो सम्मान गरिएको हो ।चितवन प्रज्ञा पुरस्कारबाट प्रा.डा. लक्षमणप्रसाद गौतमलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ ।
वागीश्वरी प्रज्ञा पुरस्कारबाट स्राष्टा गायत्री श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ ।भरतपुर प्रज्ञा पुरस्कारबाट स्रष्टाहरु पोषराज पौड्याल, डा एकनारायण पौड्यल र सिर्जन अविरललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ ।