चितवन, चैत्र २३-
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष,सांसद् एवं पूर्व मन्त्री विक्रम पाण्डेले सनातन हिन्दु धर्मको रक्षा गर्न सकेमात्र हाम्रा संस्कृति र परम्परा जोगिने बताउनुभएको छ ।
चैतन्यश्वर महादेव मन्दिर भरतपुर २५ को भवन शिलान्यास तथा ज्येष्ठ नागरिक सम्माान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पाण्डेले नेपाल धर्म संस्कृति र कलाले भरिपूर्ण रहेकाले यसको संरक्षणका लागि सबैजना जुट्नु पर्ने बताउनुभयो ।
कायक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सहमहामन्त्री एवं पूर्व वागमती प्रदेशसभा सदस्य रीना गुरुङ तथा वडा अध्यक्ष छविलाल सापकोटाको विशिष्ट आतिथ्य रहेको थियो ।
मन्दिर पुनर्निर्माणका लागि आज शिलान्यास गरिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार