चितवन, चैत २२ –
नारायणगढको चर्चित कन्सल्टेन्सी सेन्ट्रल कलेजले आफ्नै भवन सेन्ट्रल टावर बनाउने भएको छ । कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलका अनुसार कलेजले लायन्सचोकस्थित आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि डिजाइन र नक्सा पासको काम सकिएको छ ।
अण्डरग्राउण्ड पार्किङ र लिफ्टसहित सात तलाको भवन निर्माण हुन लागेको हो । आगामी बैशाखदेखि निर्माणको काम सुरु भइ डेढ बर्षभित्र भवन निर्माण सम्पन्न हुने पौडेलले चितवन आजलाई जानकारी दिए । भवनमा सबै सेवा सुविधासहित अन्तर्राष्ट्रिय स्तरका कक्षाकोठा र प्रविधिको व्यवस्था गरिने पौडेलको भनाई छ । कलेजले जापानको नागोया सहरमा आफ्नै कार्यलय समेत सञ्चालन गरेको छ ।
शैक्षिक परामर्शदाताको रुपमा स्थापित शैक्षिक संस्था सेन्ट्रल कलेजले जापान र अष्ट्रेलिया क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ ।
कलेजमा जापानिज भाषाका कक्षा, आइएलटिएस, पिटिई लगायतका भाषा सिकाउने कक्षाहरु सञ्चालित छन् । वर्किङ भिजामा जापान तथा कोरिया जान चाहनेहरुका लागि पनि कलेजले उचित परामर्श दिने तथा भाषा सिकाउने गरेको छ । कलेजले यसै महिनाबाट विद्यार्थीका लागि आफ्नै बस सेवा समेत सुरु गरिसकेको छ । पोडेलका अनुसार पहिलो चरणमा पश्चिम चितवनको मेघौली, चनौली र पूर्वी चितवनको पदमपुर, खोलेसिमलका विद्यार्थीलाई बस सेवा प्रदान गरिएको छ ।
चितवनको कन्सल्टेन्शी जगतमा ब्राण्डका रुपमा स्थापित रहेको सेन्ट्रल कलेज विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय छ । चितवनमा हुने अधिकांश सामाजिक कार्यहरु सेन्ट्रल कलेजको सहयोगबाटै हुने गरेको छ ।