चितवन – सिक्किम हिमपहिरोमा परेर चितवनका दुई जनाको मृत्यु भएको छ । पुर्वी चितवनको कालिका नगरपालिका–६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये २ जनाको हिमपहिरोमा परेर मृत्यु भएको हो ।
नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले भ्रमण गएका दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको जानकारी दिए ।
मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छ् । उनीहरु दुबै कालिका–६ खोलेसिमलका हुन् । लामिछाने सो संस्थाका कार्य समिति सदस्य समेत थिए ।
सिक्किम स्थित अस्पतालमा उपचाररत हुनेहरूमा सो सहकारीका रमेश खनाल, ज्योति गुरुङ र गीता सापकोटा रहेका छन ।सो सहकारीबाट २ वटा बसमा करिब ७० जना भ्रमण गएको बताईएको छ ।