काठमाडौं चैत २१
मधेस प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन् । गठबन्धनमा फेरबदल भएसँगै उनीहरू सरकारबाट बाहिरिएका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्री राजकुमार लेखी, गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंह, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री मोहम्मद जैद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव रायले बुधबार राजीनामा दिएका हुन् ।
उनीहरूले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) अनुसार राजीनामा दिएका हुन् ।