चैत २१, चितवन – भरतपुर महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय चितवनलाई ट्राफिक सामाग्री हस्तान्तरण गरेको छ । (सोमबार) एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमारा रानाले संयुक्त रुपमा जिल्ला ट्रफिक प्रमुख राजकुमार तमाङलाई हस्तान्तरण गरेका हुन् ।
हस्तारण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ट्राफिक सामाग्रीको उचित प्रयोग गरी महानगरको ट्राफिक व्यवस्थापनलाई थप चुस्तदुरुस्त पार्न अनुरोध गरे ।
प्रमुख दाहालले आगामी वर्षहरुमा महानगरबाट यस्ता सहयोग भई राख्ने पनि बताईन् । भरतपुरको ट्रफिक व्यवस्थापनको लागि ब्रेथलाईजर २ थान, बडी ओर्न क्यामेरा १ थान, ट्रफिक कोन २५ सेट, ह्वाईल लक सानो २४ पिस र ठूलो ८ पिस हस्तान्तरण गरिएको महानगरका आन्तरिक व्यवस्थापन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए । महानगरपालिकाले ट्रफिक प्रहरीलाई रु ३ लाख बराबरको ईन्धन, रु २ लाख ८६ हजारको ट्रफिक बाईक यसअघि नै हस्तान्तरण गरिसकेको छ ।