चितवन, चैत २१-
रत्ननगरको बकुलहर चोकमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
बिहान १० बजेको समयमा रत्ननगर न.पा.१ बकुलर चोकमा भरतपुरबाट टाडी तर्फ आउदै गरेको बा४ख ८९१६ नं.को. बसले साईकललाई ठक्कर दिदा साईकलयात्री बर्ष ७५ का कुल प्रसाद पराजुली को ज्यान गएको हो।
बसको ठक्करबाट गम्भिर घाईते भएका पराजुलीको उपचारको लागि नयाँ मेडीकल कलेज भरतपुर पठाईएकोमा उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
ठक्कर दिने बस र चालक मकवानपुर मनहरीका वर्ष २४ का मिलन तामाङ प्रहरीको नियन्त्रणमा छन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार