चितवन, बैशाख १० –
भरतपुर महानगरपालिकाको उपमेयररमा नेपाली कांग्रेसले चित्रसेन अधिकारीलाई उठाउने भएको छ ।
भरतपुरको उपमेयरलगायत विभिन्न स्थानीय तहमा आफ्ना उमेदवारका टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा शिर्ष नेतासँगको छलफलमा छन् । छलफलमा भरतपुरको उपमेयरमा अधिकारीलाई उठाउने सहमती भएको एक नेताले बताए । कांग्रेसबाट उमपेयरमा अधिकारीसहित २५ जनाले आकांक्षा देखाएका थिए ।
भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेको कांग्रेसले उपमेयरमा अधिकारीलाई उठाउन लागेको हो । उपमेयरमा उठ्न उनले शुक्रबार मात्रै भरतपुर २१ को वडाध्यक्षबाट राजीनामा दिएका थिए । अधिकारी कांग्रेस भरतपुरका सभापति हुन् ।
चितवनमा भने कांग्रेस भित्र तीव्र विवाद चलिरहेको छ । महानगरको मेयर माओवादीलाई दिने सहमति भएपछि भरतपुरका कांग्रेसीहरु रुष्ट बनेका छन् । कांग्रेसबाट महानगरको मेयरमा २५ र उपमेयरमा २४ जनाले आकांक्षा देखाएका थिए ।
भरतपुरमाअसन्तुष्ट पक्षले मेयर र उपमेयरमा बागी उमेदवार उठाउने तयारी गरिरहेको छ भने पार्टी जिल्ला सभापतिको कार्यालयमा तालाबन्दी गरिएको छ ।