मेघौली – होटल व्यवसायी संघ चितवनअन्तर्गत मेघौली इकाइको अध्यक्षमा सन्देश चापागाईं निर्वाचित भएका छन् । भरतपुर–२८ गोलाघाट पार्क, मेघौलीमा भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले चापागाईंको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको हो ।
त्यस्तै, मेघौली इकाइका उपाध्यक्षमा हरिबहादुर महतो, सचिवमा हरिगोविन्द कुमाल, कोषाध्यक्षमा राजु चौधरी चयन भएका छन् भने सदस्यमा भीमसेन कुमाल, मुनमाया कुमाल, पवन पौडेल, विक्रम महतो, खेमबहादुर गुरूङ, नवराज कार्की, कृष्णप्रसाद गुरूङ चयन भएका छन् ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हड्खोलेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पश्चिम चितवनका होटल व्यवसायीहरुको उपस्थिति थियो । इकाइका निवर्तमान अध्यक्ष रामकुमार महतोको सभापतित्वमा कार्यक्रम भएको थियो ।