चितवन – लायन्स क्लब अफ नारायणी चौतारीको अध्यक्षमा चेत बहादुर बराली चयन भएका छन् । आज ९सोमबार० मेघौलीमा सम्पन भएको ११ औँ अधिवेशनले लायन बर्ष २०२३–२४ का लागि बरालीको अध्यक्षतामा २९ सदस्यि नयाँ कार्यसमिती चयन गरेको हो ।
अधिवेशनले प्रथम उपाध्यक्षमा भोजराज काफ्ले, द्धितिय उपाध्यक्षमा रामहरी अधिकारी, तृतीय उपाध्यक्षमा हिमा सुवेदीलाई चयन गरेको छ ।
त्यस्तै सचिवमा रेशमलाल फुयाल, कोषाध्यक्षमा विश्वनाथ पौडेल, सह(सचिवमा रामचन्द्र पाण्डे, सह-कोषाध्यमा महेश्वर रिजाल रहेका छन् ।
लायन बर्ष २२(२३ का पुर्व अध्यक्ष सविन गोदारको अध्यक्षतामा सम्पन भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी संस्थापक अध्यक्ष एवम् लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक ३२५ बि २ का गभर्नर मेघनाथ बराल लगाएतको उपस्थिती रहेको थियो ।
लायन्स क्लब अफ नारायणी चौतारीले समाजमा रहेर विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।