चितवन – चितवनमा नेपाली सेनाको ट्रक पल्टिँदा तीन जना सैनिक घाइते भएका छन् । आज (आईतबार) आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर २९ मुग्लिन नारायणयढ सडकखण्डको घुमाउने भन्ने स्थानमा काठमाडौँबाट बारा अम्लेखगन्जतर्फ जाँदै गरेको ट्रक पल्टिदा तीन सैनिक घाइते भएका हुन् ।
भैरवनाथ गण काठमाडौँको लु१ग १०९ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकमा पल्टिदा ट्रकमा सवार १४ जना मध्ये ३ जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेहरुमा ट्रक चालक नेपाली सेनाको अमल्दार वर्ष ३३ का कृष्ण प्याकुरेल, जम्दार वर्ष ३९ को उत्तम कार्की र अमल्दार वर्ष ३२ को केआई सिंह रहेको प्रहरिको भनाइ छ ।