चितवन – चितवनमा ६५ केजी लागूऔषध गाँजा सहित १ युवक पक्राउ परेका छन् । आज (शनिबार) बिहान २:०० बजेको समयमा राप्ती नगरपालिका वडा नम्बर २ स्थित राईटोलमा प्रतिबन्धित लागूऔषध गाँजा बोकि ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राप्ती नगरपालिका १२ का ३२ बर्षिय चन्द्र बहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी बिजय राज पण्डितले बताए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्यभई रहेको प्रहरीको भनाई छ ।