हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-६ डिपार्टमा यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा ७ ख १३२६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनहरीका अनुसार सवारी चालकसहित १४ जना घाइतेलाई उपचारको लागि चितवन पठाइएको छ ।