चितवन, चैत २ –
चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त निलम्बित भएका छन् ।
संकायको जुम बैठक चलिरहँदा सोही कार्यालयकी महिला कर्मचारीसँग रसलिला गरेको भिडियो सार्वजनिक भएपछि उनी नलिम्बित भएका हुन् । उपकुलपति पुण्यप्रसाद रेग्मीले दत्तलाई निलम्बन गरेका छन् । सत्यतथ्य छानबिन भई प्रतिवेदन नआउनजेलसम्म लाई निलम्बित गरिएको विश्वविद्यालयले सूचना जारी गरेको छ ।
६३ जना सहभागी रहेको जुम मिटिङकै समयमा महिला कर्मचारीलाई अंगालो हालेको र चुम्बन गरेको भिडियोमा देख्न सकिन्छ ।
उक्त भिडियो भाइरल भएपछि विश्वविद्यालयमा हंगामा मच्चिएको छ । उनले विश्वविद्यालयको स्रोतसाधनको चरम दुरुपयोग गर्ने गरेको समेत आरोप लाग्ने गरेको थियो । विवाद हुँदा हुँदै पनि उनलाई दोश्रो कार्यकालका लागि डीन बनाइएको थियो । उपकुलपति पुण्यप्रसाद रेग्मीको विश्वासपात्रका रुपमा रहेका कारण दत्त दोश्रो कार्यकालका लागि नियुक्त भएका थिए ।
घटना बाहिरिएसँगै दत्त मोबाइल अफ गरेर सम्पर्कबिहिन छन् ।