काठमाडाैं चैत १
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।
बुधवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार बुधवार राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका १–२ स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार