भरतपुर – मानव अधिकार तथा शान्ति समाज चितवनले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको र्याली सम्पन्न भएको छ । आज (बुधबार) बिहान चौबीसकोठीमा मानव अधिकार महिला अधिकार : व्यवहारमा समानता,अवसरमा समानता भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सभापतित्व मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु राउतले गरेका थिए । मानव अधिकार तथा शान्ति समाजका उपसभापति राजेन्द्र पौडेल, राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष बिष्णु अधिकारी र गैर सरकारी संस्था महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरेले मन्तव्य राखेका थिए ।