चितवन,फागुन २०
पुर्वी चितवनको विरेन्द्रनगर पाकडीबासमा जनयुद्धका शहिदहरुको स्मृति सभा सम्पन्न भएको छ ।
कार्यक्रम पूर्वी चितवनको विरेन्द्रनगर पाकडीबासमा नेकपा (क्रान्तिकारी माओबादी ) कार्यकर्ताको उपस्थितिमा आज सम्पन्न भएको हो ।
२०६१ साल बैशाख ३१ गते तात्कालिन शाही सेनाले नेकपा माओवादीका युवा कार्यकर्तालाई कब्जामा लिइ उनिहरुलाइ नै खाल्डो खन्न लगाए पश्चात् गोलि हानी सामुहिक हत्या गरि चिहान पारिएको स्थानमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रम जिल्ला सेक्रेटरी बाबुराम प्यासिले संन्चालन गरेका थिए । सभामा कवि मोदनाथ मरहट्टाले सहिद सम्झना कविता वाचन गरेका थिए । कार्यक्रमको अन्त्यमा नेकपा(क्रान्तिकारी माओबादी) सदस्य तथा चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटाले सहिदहरुको आदर्श पछ्याउदै उनिहरुको सपना मर्न नदिने अठोट व्यक्त गरे।
स्थानिय किसान महिला मायादेवी अधिकारिका अनुसार दिउँसो अन्दाजी सयौँको संख्यामा आएका नेपाली सेनाले राम बहादुर खड्का, ऋषि रेग्मी , टीका अधिकारी , मनोज चौधरी र ऐन कुमारी तामाङको बीभत्स हत्या गरेको हो ।उक्त घटना सम्झदै अधिकारी भन्छिन नेपाली सेनाको जत्थाको ज्यादती देख्दा अहिले पनि आङ सिरिङ्ग हुन्छ ।
त्यो कोलाहल र आतङ्क सम्झदा नहरमा पानी लगाउन आउदा अहिले पनि मन बिक्षिप्त हुने स्थानिय बताउछन् ।
पुर्वी चितवनका इन्चार्ज हाल नेकपा (क्रा.माओबादी) केन्द्रीय सल्लाहकार तथा किसान नेता भुमिश्वर कंडेलले सहयोद्धाहरु मधु उप्रेती, उपेन्द्र तामाङ रामचन्द्र पाठक लगायतलाई सम्झदै आफ्नो अनुभूति पेश गरे र शहिदको सपना पुरा नभएसम्म नयाँ ढङ्गले जनयुद्ध जारी रहने बताए।
सभामा स्थानिय जनताहरुको सहभागिता रहेको थियो ।
सो स्थानमा सहिद स्तम्भ राख्ने प्रतिवध्दता सहित कार्यक्रमको समापन गरिएको थियो ।