काठमाडौँ । छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ ।
उनी शंखमुलस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत सरोज शनिबार दिउँसो दुर्घटनामा परेका हुन् ।








