८ फागुन, हेटौंडा –
मकवानपुरको मनहरी गाउँपालिकाको मसिनेमा जंगली हात्तीको आक्रमणमा परी घाइते महिलाको मृत्यु भएको छ ।
सोमबार बिहान करेसाबारीमा काम गर्दै गरेकी मनहरी गाउँपालिका–४, मसिनेकी ६४ वर्षीया राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएकी थिइन् ।
अस्पतालले थप उपचारका लागि दिउँसो चितवन रेफर गरेको थियो ।
हात्तीको आक्रमणपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले मनहरी–३ मा रहेको पर्सा राष्ट्रिय निकुञ्जको लामिटार पोष्टमा तोडफोड र आगजनी गरेका थिए।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













