Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ७. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

तुइन खोलाको चट्टान फुटाउन विस्फोट आवश्यक

चितवन – नारायणगढ–मुग्लिन सडकमा दुई महिनादेखि दैनिक चार घण्टा गाडी बन्द गरेर पुल बनाउन पहाड ताछ्न सुरु गरे पनि तुइन खोलाको पहरो फुटाउन सकस भएको छ ।तुइन खोलाको चट्टानी पहरो काट्न मेसिनले नसक्ने भएपछि विस्फोट गराउने निर्णय भएको नारायणगढ मुग्लिन सडक, नागढुंगा मुग्लिन सडक (पश्चिम खण्ड) आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

उक्त सडकमा फागुन २० गतेसम्म मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चल्न नपाउने भएका छन् । पुल बनाउनका लागि पहाड काट्न भन्दै पहिलो पटक पुस ५ गतेदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी बन्द हुने गरेको थियो । माघ ५ मा पनि काम बाँकी रहेपछि समय अवधि एक महिना थपिएको थियो । फागुन ५ मा पनि काम नसकिएपछि गाडी बन्द हुने मिति १५ दिन लम्बिएको हो ।

सुरुमा पाँच ठाउँको पहाड काट्नका लागि बाटो बन्द भएको थियो । ‘अहिले तुइन खोला र चिसेन्जीबाहेक अन्यत्र काम बाँकी रहेको छैन,’ चिसेन्जीको सवै काम १०/१५ दिनभित्र भ्याइने उल्लेख गर्दै इन्जिनियर आचार्यले भने, ‘तुइन खोलामा गाह्रो भइरहेको छ । त्यहाँ मेसिनले काम गरेर पहाड फुटाउन नसक्ने पक्का भयो । विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भयो ।’ तुइन खोलामा ११ मिटर चौडा र ६० मिटर अग्लो पहाड हटाउनुपर्नेछ ।

‘६० मिटर उचाइमध्ये हालसम्म २५ मिटर जति मात्रै घटाउन सकियो । बाहिर चर्केको जस्तो देखिए पनि भित्र निकै कडाखाले चट्टान रहेछ,’ आचार्यले भने, ‘मेसिनले काम गर्दा आगोको झिल्का निस्कने, सानो चिरा र थोरै धूलो मात्रै निस्कने मज्जाले फुटाउन नसकिने भयो ।’ दुई महिनामा आधा पनि उचाइ घटाउन नसकेपछि विस्फोटक पदार्थको सहारा लिनुपर्ने बाध्यात्मक अवस्था आएको उनले बताए ।

‘फागुन ३ गते चितवन जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर यससम्बन्धी फाइल गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ । फाइल गृह मन्त्रालय गइसकेको छ । गृह र रक्षा मन्त्रालय हुँदै सबै प्रक्रिया पूरा गरेर सुरक्षित तवरमा विस्फोट गराउने योजना छ,’ आचार्यले भने ।

नारायणगढ मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । साना–ठूला यात्रु बस मात्रै नभएर सामान ढुवानी गर्ने ठूला ट्रक पनि यही सडक हुँदै ओहोरदोहोर गर्छन् । यो सडकलाई राजधानी काठमाडौंको ‘जीवन रेखा’ नै भन्ने गरिन्छ । नारायणगढ मुग्लिन सडक र नागढुंगा मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीका अनुसार नारायणगढ मुग्लिन सडक हुँदै दिनमा साना–ठूला १५ हजार गाडी ओहोरदोहोर गर्छन् ।

यो सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउने काम तीन वर्षअघि सकिएको थियो । तर सडक खण्डमा पर्ने पुलहरू पुराना र एकै पटक दुई वटा गाडी ओहोरदोहोर गर्न गाह्रो हुने साँघुरा थिए । सडकमा रहेका १८ पुलमध्ये बाटो विस्तार भएको केही समयपछि तीन वटा पुल मात्रै सडकअनुसारको दुई लेनका बनेका थिए । सडक चौडा भए पनि पुल साँघुरो हुँदा बाटो पार गर्न बढी समय लाग्ने गरेको छ ।

फराकिलो हुन बाँकी १५ वटा पुललाई पनि दुई लेनको बनाउन ०७६ सालको चैत १० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सवा अर्ब रुपैयाँ खर्च गरेर तीन वर्षभित्र पुल बनाउने सुरुको सम्झौता थियो । तर सम्झौतालगत्तै कोरोनाका कारण लकडाउन सुरु भयो । जसका कारण म्याद थपेर काम सम्पन्न हुने समय ०८० सालको पुससम्म पुगेको छ ।

बनाउनुपर्ने १५ मध्ये अहिलेसम्म नौ वटा पुलको काम मात्रै लगभग सकिएको इन्जिनियर आचार्यले बताए । बाँकी ६ मध्ये मुग्लिन नजिकको खहरे खोलामा काम नै सुरु भएको छैन । सिमलताल, कालीखोला, तोपेखोला, तुइन खोला र चिसन्जी खोलाको पुलमा पहाड काटेर काम गर्नुपर्ने थियो । गाडी चलाउँदै पहाड काट्दा तल ढुंगा झरेर कुनै दुर्घटना हुने खतरा देखेका कारण गाडी रोकेर काम गर्नुपर्ने बाध्यता आएको आयोजना प्रमुख कार्कीले बताए । अन्यत्र पहाड हटाउने काम सकिए पनि तुइन खोलामा समय लाग्ने देखिएको छ ।रासस

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

ताजा समाचार

सबै

मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.