Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

तुइन खोलाको चट्टान फुटाउन विस्फोट आवश्यक

चितवन – नारायणगढ–मुग्लिन सडकमा दुई महिनादेखि दैनिक चार घण्टा गाडी बन्द गरेर पुल बनाउन पहाड ताछ्न सुरु गरे पनि तुइन खोलाको पहरो फुटाउन सकस भएको छ ।तुइन खोलाको चट्टानी पहरो काट्न मेसिनले नसक्ने भएपछि विस्फोट गराउने निर्णय भएको नारायणगढ मुग्लिन सडक, नागढुंगा मुग्लिन सडक (पश्चिम खण्ड) आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

उक्त सडकमा फागुन २० गतेसम्म मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म गाडी चल्न नपाउने भएका छन् । पुल बनाउनका लागि पहाड काट्न भन्दै पहिलो पटक पुस ५ गतेदेखि एक महिनाका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म गाडी बन्द हुने गरेको थियो । माघ ५ मा पनि काम बाँकी रहेपछि समय अवधि एक महिना थपिएको थियो । फागुन ५ मा पनि काम नसकिएपछि गाडी बन्द हुने मिति १५ दिन लम्बिएको हो ।

सुरुमा पाँच ठाउँको पहाड काट्नका लागि बाटो बन्द भएको थियो । ‘अहिले तुइन खोला र चिसेन्जीबाहेक अन्यत्र काम बाँकी रहेको छैन,’ चिसेन्जीको सवै काम १०/१५ दिनभित्र भ्याइने उल्लेख गर्दै इन्जिनियर आचार्यले भने, ‘तुइन खोलामा गाह्रो भइरहेको छ । त्यहाँ मेसिनले काम गरेर पहाड फुटाउन नसक्ने पक्का भयो । विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भयो ।’ तुइन खोलामा ११ मिटर चौडा र ६० मिटर अग्लो पहाड हटाउनुपर्नेछ ।

‘६० मिटर उचाइमध्ये हालसम्म २५ मिटर जति मात्रै घटाउन सकियो । बाहिर चर्केको जस्तो देखिए पनि भित्र निकै कडाखाले चट्टान रहेछ,’ आचार्यले भने, ‘मेसिनले काम गर्दा आगोको झिल्का निस्कने, सानो चिरा र थोरै धूलो मात्रै निस्कने मज्जाले फुटाउन नसकिने भयो ।’ दुई महिनामा आधा पनि उचाइ घटाउन नसकेपछि विस्फोटक पदार्थको सहारा लिनुपर्ने बाध्यात्मक अवस्था आएको उनले बताए ।

‘फागुन ३ गते चितवन जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर यससम्बन्धी फाइल गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ । फाइल गृह मन्त्रालय गइसकेको छ । गृह र रक्षा मन्त्रालय हुँदै सबै प्रक्रिया पूरा गरेर सुरक्षित तवरमा विस्फोट गराउने योजना छ,’ आचार्यले भने ।

नारायणगढ मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । साना–ठूला यात्रु बस मात्रै नभएर सामान ढुवानी गर्ने ठूला ट्रक पनि यही सडक हुँदै ओहोरदोहोर गर्छन् । यो सडकलाई राजधानी काठमाडौंको ‘जीवन रेखा’ नै भन्ने गरिन्छ । नारायणगढ मुग्लिन सडक र नागढुंगा मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीका अनुसार नारायणगढ मुग्लिन सडक हुँदै दिनमा साना–ठूला १५ हजार गाडी ओहोरदोहोर गर्छन् ।

यो सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउने काम तीन वर्षअघि सकिएको थियो । तर सडक खण्डमा पर्ने पुलहरू पुराना र एकै पटक दुई वटा गाडी ओहोरदोहोर गर्न गाह्रो हुने साँघुरा थिए । सडकमा रहेका १८ पुलमध्ये बाटो विस्तार भएको केही समयपछि तीन वटा पुल मात्रै सडकअनुसारको दुई लेनका बनेका थिए । सडक चौडा भए पनि पुल साँघुरो हुँदा बाटो पार गर्न बढी समय लाग्ने गरेको छ ।

फराकिलो हुन बाँकी १५ वटा पुललाई पनि दुई लेनको बनाउन ०७६ सालको चैत १० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सवा अर्ब रुपैयाँ खर्च गरेर तीन वर्षभित्र पुल बनाउने सुरुको सम्झौता थियो । तर सम्झौतालगत्तै कोरोनाका कारण लकडाउन सुरु भयो । जसका कारण म्याद थपेर काम सम्पन्न हुने समय ०८० सालको पुससम्म पुगेको छ ।

बनाउनुपर्ने १५ मध्ये अहिलेसम्म नौ वटा पुलको काम मात्रै लगभग सकिएको इन्जिनियर आचार्यले बताए । बाँकी ६ मध्ये मुग्लिन नजिकको खहरे खोलामा काम नै सुरु भएको छैन । सिमलताल, कालीखोला, तोपेखोला, तुइन खोला र चिसन्जी खोलाको पुलमा पहाड काटेर काम गर्नुपर्ने थियो । गाडी चलाउँदै पहाड काट्दा तल ढुंगा झरेर कुनै दुर्घटना हुने खतरा देखेका कारण गाडी रोकेर काम गर्नुपर्ने बाध्यता आएको आयोजना प्रमुख कार्कीले बताए । अन्यत्र पहाड हटाउने काम सकिए पनि तुइन खोलामा समय लाग्ने देखिएको छ ।रासस

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी
त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि
भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

ताजा समाचार

सबै

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.