• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, असार ३०, २०८२
☰
सोमबार, असार ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

    एसईई २०८१ मा  सफलता हासिल  गरेका आफ्ना विद्यार्थीलाई गैँडाकोट नमूना माविको सम्मान, कक्षा ११ मा नयाँ ढोका खुला

    शिक्षा विधेयक पारित गर्न बसेको समिति बैठक अनिश्चितकालका लागि स्थगित

    भरतपुरको एपेक्स एकेडेमी : एसईईमा उल्लेखनीय सफलता अब कक्षा ११ को तयारी

    नारायणी पब्लिक स्कुलका छात्रा अनुष्का र प्राश्नाले ल्याए ४ जिपिए

    एसईई २०८१ – अर्किड स्कुलका तीन विद्यार्थीको ४.० जीपीए

    एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द

    एसईईमा १ लाख ६७ हजार परीक्षार्थी भए फेल

    एसईईको मौका परीक्षा २९ साउनदेखि

    लोकप्रिय समाचार

    • १. हेर्नुस् आज मिति २०८२ साल असार २६ गते बिहीबारको राशिफल

    • २. बाढीले मितेरी पुल बगाएपछि टुट्यो नेपाल-चीन सम्पर्क, बाढीमै बगे ईभी गाडी

    • ३. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुस तपाईंको आजको राशीफल

    • ४. नारायणीको भेलमा दाउरा समात्न पसेका बालक बेपत्ता

    • ५. रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

    • ६. दाउन्नेमा भासियो सडक : यातायात अवरुद्ध

    • ७. हेर्नुस आज मिति २०८२ असार २९ गते, आइतवारको राशीफल

    • ८. यस्तो छ आज तपाईंको राशिफल

    • ९. रास्वपालाई गृहमन्त्रीको प्रश्न- रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?

    • १०. रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

    गोरखा नगरपालिकामा अवैध धन्दा : ठेकेदारसँग १० लाख घुस लिएर राजश्व छल्न सहयोग !

    अश्विन दानी
    गोरखा, ६ वैशाख-

    गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत र मेयरले रौताहा पि.के गोरखा जेभीसँग १० लाख रुपैयाँ घुस लिएर राजश्व छलीमा सहयोग गरेको तथ्य फेला परेको छ । नारेश्वर, निवेल हुँदै उल्टेसम्मको सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीसँग रकम लिएर राजश्व छली गर्न नगरपालिकाले मद्दत गरेको हो ।

    गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको २५ करोड ६३ लाख रुपैयाँमा निर्माण कम्पनीले सो सडकखण्डको १० किलोमिटर कालोपत्रे गर्ने जिम्मा लिएको थियो । यो सडक ठेक्का दिएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै १४ फागुन २०७६ मा पूर्वाधार बिकास कार्यालय गोरखासँग ठेकेदार कम्पनीले सम्झौता गरेको थियो ।

    सो बाटोमा प्रयोग हुने ग्राभेल, ढु‌गा गिट्टी, बालुवाका लागि ठेकेदार कम्पनीले गोनपा-३ कुमाल गाउँस्थित दरौँदी फाँटबाट केही निजी व्यक्तिको जग्गा र सार्वजनिक जग्गाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्‍याे ।

    निर्माण कम्पनीका ठेकेदारले विनाठेक्का, वातावरण मूल्यांकन प्रतिवेदनविनै ढुंगा, गिट्टी, बालुवाको उत्खनन् गरेको थियो । निर्माण कम्पनीकै स्रोतका अनुसार त्यहाँबाट २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरिएको थियो । जसमध्य दुई तिहाइभन्दा बढी सार्वजनिक जग्गाबाट उठाइएको हो । ठेकेदारले महिनौ लगाएर अवैध उत्खनन् गरेको नदीजन्य पदार्थ रुद्रबहादुर कुमाल, भीम कुमाल, रवि कुुमाल, सन्दीप कुुमालको जग्गामा डम्पिङ गरेर राखेको थियो ।

    गत जेठ दोस्रो साता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र प्राविधिक कपिल कोइराला डम्पिङ गरेको ठाउँमा अनुगमन गर्ने भन्दै पुगे । उनीहरू अनुुगमनबाट फर्किएपछि आर्थिक लेनदेनको बार्गेनिङ सुरु भएको स्रोत बताउँछ ।
    ‘नगरपालिकाबाट अधिकृत र इन्जिनियर अनुगमनमा आएपछि दुईपटक राति भेटेर पैसाको बार्गेनिङ भयो । अनि १० लाखमा टुंगिएपछि असार १४ गते १० लाख रुपैयाँ दिइएको हो’, स्रोतले भन्यो ।

    ‘पानीमाथिको ओभानो’ बन्न घुस लिएपछि छानबिन समिति खडा

    नगरपालिकाका अधिकृतले ठेकेदारसँग घुस लिएपछि ठेकेदारले अवैध उतखनन् गरेको नदीजन्य पदार्थ निर्धक्क ओसारपोसार गरिरहेको थियो । तर, आर्थिक चलखेल भएको तथ्य बाहिर आएमा आफूहरू फस्ने सम्भावना देखेपछि अधिकृत दिनेशराज पन्त र मेयर राजनराज पन्तले गोनपा-३ का वडाध्यक्ष रामबाबु बोगटीको संयोजकत्वमा, गोनपा-४ का वडाध्यक्ष खोप बहादुर अधिकारी, गोनपा-१० का वडाध्यक्ष देवीबहादुर बस्नेत, गोनपा-१३ का वडाध्यक्ष हरिबहादुर खनाल र सिभिल इन्जिनियर प्रकाश ढकालसहित पाँच सदस्यीय अनुगमन समिति बनायो ।

    समितिले गत ५ फागुनमा फिल्डमा अवैध उत्खनन् गरिएको २१ हजार एक सय ७५ घनमिटर नदीजन्य पदार्थ रहेको प्रतिवेदन पेस गर्‍याे । तर, आफूहरू फस्ने डरले ‘पानीमाथिको ओभानो’ बन्न अनुगमन समिति खडा गरेको नगरपालिकाले अवैध उत्खनन् गर्ने ठेकेदारलाई आवश्यक कारबाही, जरिवाना केही पनि गरेन ।

    सार्वजनिक खरिद नियमावलीविपरीत ओसारपोसारको अनुमति

    अवैध उत्खनन् गरेको ठेकेदारलाई अनुगमन समितिले पेस गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले आवश्यक कारबाही गर्नुपर्ने हो । तर, घुसबापत रकम लिएकै कारण नगरपालिकाले कारबाही गर्नुको साटो सार्वजनिक खरिद नियमावली मिचेर ओसारपोसारको अनुमति दिएको छ ।

    निर्माण कम्पनीले अवैध उत्खनन् गरेको नदीजन्य पदार्थ नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएर सार्वजनिक खरिद नियमावलीअनुसार प्रतिस्पर्धामा बेच्नुपर्ने थियो । तर, नगरपालिकाले अवैध उत्खनन् गर्ने ठेकेदारको सामान्य मागपत्रका आधारमा विनाप्रतिस्पर्धा, विना ठेक्का, सार्वजनिक खरिद नियमावली मिचेर ओसारपोसारको जिम्मा दिएको हो । अनुमति विना, वातावरण प्रभाव मूल्यांकनविना नदीजन्य पदार्थको उत्खनन् गरेको निर्माण कम्पनीलाई नगरपालिकाले नियमावली मिचेर अनुमतिको पत्र दिनुले पनि आर्थिक चलखेल भएको कुरा पुष्टि गर्न थप मद्दत पुर्‍याउँछ ।

    ठेकेदारको अवैध धन्दामा निगरानी नराखोस् भनेर वडालाई नगरपालिकाको क्रस

    नगरपालिकाले नियमावली मिचेर निर्माण कम्पनीलाई गत १५ फागुनमा एक महिनाभित्र तीन हजार घनमिटर मात्रै नदीजन्य पदार्थ ओसारपोसार गर्न भन्दै अनुमति दियो । नगरपालिकाले दिएको म्याद अनुसार १५ चैतसम्ममा निर्माण कम्पनीले तीन हजार घनमिटर मात्रै नदीजन्य पदार्थ ओसार्नुपर्ने थियो । तर, अनुमति प्राप्त म्याद सकिँदासम्म पनि ठेकेदारले अहिलेसम्म निर्वाध रूपमा तोकिएको भन्दा बढी मात्रा ग्राभेल ओसारपोसार गरिरहेको छ ।

    ‘हामीले कारबाही गर्ने हैन । नियमन पनि गर्ने हैन । म्याद पनि सक्किसक्यो, तोकिएको भन्दा तेब्बर बढी ग्राभेल ठेकेदारले बोकिसके । तर, त्यसलाई नियमन गर्ने अधिकृत, मेयर सावले नजरअन्दाज गरिराख्नुभएको छ । केही न केही चलखेल नभए किन यस्तो हुन्छ र ?’, नगरपालिकाका एक कर्मचारी भन्छन् ।

    नगरपालिकाले निर्माण कम्पनीलाई दिएको अनुमतिपत्रमा वडाका प्राविधिकको प्रत्यक्ष निगरानीमा मात्रै नदीजन्य पदार्थ ओसारपोसार गर्नु भनिएको छ । तर, वडाका प्राविधिकलाई भने नगरपालिकाले त्यहाँको निगरानीका लागि लिखित या मौखिक रूपमा कुनै पनि जानकारी गराएको छैन ।

    गोनपा-३ का वडा प्राविधिक सुकमान तामाङ भन्छन्, ‘मलाई नगरपालिकाले त्यहाँको विषयमा कुनै जानकारी नै गराएको छैन । त्यसैले मैले त्यहाँ गएर अनुगमन गर्ने, निगरानी गरेको छैन ।’ वडा कार्यालयलाई पनि औपचारिक रूपमा कुनै परिपत्र नआएको वडाध्यक्ष रामबाबु बोगटी बताउँछन् । यद्यपि ठेकेदारलाई नगरपालिकाले दिएको अनुमतिपत्रमा भने वडा कार्यालय र वडाका प्राविधिक दुवैलाई बोधार्थ दिइएको छ ।- न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      चितवनको माडीमा रेबिजको सङ्क्रमण बढ्दो
      पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण
      मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

      ताजा समाचार

      सबै

      चितवनको माडीमा रेबिजको सङ्क्रमण बढ्दो

      पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण

      मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

      देशभर हालसम्म आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न

      चितवनको इच्छाकामनाका किसानलाई १७ हजार सुन्तलाका बिरुवा वितरण

      नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी

      स्पेन भ्रमणमा प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

      चितवनमा नेपालमै पहिलो पटक एआई प्रविधिबाट मौरीको रानु उत्पादन

      म बिनाको एमाले हेर्नलाई २०/२५ वर्ष पर्खिनुपर्छ : प्रधानमन्त्री ओली

      बढ्यो सुनको मुल्य आज कतिमा हुँदैछ कारोबार ?

      साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने शिक्षक महासंघको चेतावनी

      विपद् प्रतिकार्यका लागि तयारी रहन रास्वपाको अपिल

      कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

      रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

      गर्मीबाट छाला जोगाउन अपनाउनुहोस् यी पाँच घरेलु उपाय

      बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो

      हेर्नु भयो ?

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      नेपाल पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीहरुले बनाएको रोबट डा.पुनद्वारा उद्घाटन (फोटोसहित)

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      एपेक्स कलेजमा पढ्ने १२ का विद्यार्थीले मनाए गुरु पूर्णिमा, गुरुहरु हर्षित

      नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिको निर्वाचनमा पीबी ग्रुपका खेम चुनावी मैदानमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बिसहजारी ताल नजिक एक महिला मृत फेला

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        हेर्नुस् आज मिति २०८२ साल असार २६ गते बिहीबारको राशिफल

      • २.
        बाढीले मितेरी पुल बगाएपछि टुट्यो नेपाल-चीन सम्पर्क, बाढीमै बगे ईभी गाडी

      • ३.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुस तपाईंको आजको राशीफल

      • ४.
        नारायणीको भेलमा दाउरा समात्न पसेका बालक बेपत्ता

      • ५.
        रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार

      • ६.
        दाउन्नेमा भासियो सडक : यातायात अवरुद्ध

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.