भरतपुर – भरतपुर महानगरपालिकाले बालगृहहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका बालगृहहरुका सन्चालक एवं प्रतिनिधिहरुसंग (आज) शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको हो ।अन्तरक्रिया कार्यक्रममा अधिंकाश बालगृह सन्चालकहरुले बालगृह सन्चालन कार्यबिधिलाई सजिलो बनाइदिन र महानगरले थप सहयोग गरिदिन आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै महानगर उपप्रमुख एवम् बालगृह अनुगमन समितिका सयोजक चित्रसेन अधिकारीले बालगृह सन्चालकहरुलाई मापदण्ड पुर्याएर मात्रै बालगृह सन्चालन गर्न आग्रह गरेका छन् ।कुनै पनि बालगृह बिना मापदण्ड सन्चालन गरेको पाइएमा महानगर कारबाही गर्न पछाडि पर्दैन उपप्रमुखले भने, समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्द्छु ।
हामी कुनै पनि समयमा तपाईहरुको सस्थामा अनुगमन गर्न आउन सक्छौ उनले भने, त्यतिबेला मापदण्डअनुसार सन्चालन गरेको नपाइए कडा कारबाही हुन्छ ।स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले महानगर भित्र हाल २३ वटा बालगृहहरु सन्चालनमा रहेको बताईन् । पौडेलका अनुसार २३ वटा बालगृहमा सरक्षित बालबालिकाको सख्या ६ सय ७८ रहेको छ ।
जस मध्ये बालक २ सय ९६ जना अर्थात ४३ दशमलव ६६ प्रतिशत र बालिका ३ सय ४२ जना अर्थात ५६ दशमलव ३४ प्रतिशत रहेको छ । उनले बालगृह सन्चालन गर्न कम्तीमा पनि २० जना पुग्नु पर्ने प्राबधान रहेको समेत प्रष्ट पारिन् ।कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेन्द्र प्रसाद पौडेल, उपसचिव गणेश नेपाली, महिला विकास अधिकृत शुशिला वाग्ले लगाएत बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएका बालगृहहरुका सन्चालक तथा प्रतिनिधिहरुको उपस्थित रहेको थियोे ।
गत असार महिनामा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहहरुको अनुगमन तथा निरीक्षण गरेको थियो । नगर उप प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलिले महानगर क्षेत्राधिकार भित्र रहेका बालगृहहरुको अनुगमन गरेको थियोे । अनुगमन पश्चात मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिए ।
अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सन्चालनमा आएको पाइएकोले सुधार गरेर सन्चालनमा ल्याउन उपप्रमुखले सबै बालगृहहरुलाइ अनुरोध समेत गरेका थिए ।गत असारमा भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमी,२३ मा रहेको आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेर्न निको होममा अनुगमन गरिएको थियोे ।
अनुगमनका क्रममा खाना, खाना राख्ने भाडो, ओछ्यान , भौतिक सरचना लगाएतका विषयहरुमा सुधार गर्नु भनी उप प्रमुख अधिकारीले निर्देशन दिएका थिए ।बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परिक्षण लगाएतका थुप्रै मापदण्डहरु पूरा गरेको हुनुपर्छ ।नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको पाइन्छ । हाल नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् ।






