मकवानपुर,फागुन ४ –
मनहरी गाउँपालिका-८ दारिमबासबाट अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ७० मिलिग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहारका २५ वर्षीय सम्सोदिन अंसारी, ४५ वर्षीय श्याम किशोर सिंह र १९ वर्षीय दुर्लब कुमार रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।