नवलपरासी । मध्यबिन्दु नगरपालिका-१५ गडारखोलास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ७० मिलिग्रामसहित कपिलबस्तु वाणगंगा नगरपालिका-७ बस्ने २३ वर्षीय लक्ष्मण थारुसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु.२ ख ४७७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।