Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, कार्तिक ०१, २०८२
☰
Logo शनिबार, कार्तिक ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ५. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ७. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ८. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ९. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

  • १०. शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

हात्तीपाइले : औषधि खाने खाएको खाई, नखानेले नखाएको नखाई

बनियानी, २९ माघ –

सङ्क्रमण भएको लामो समयसम्म लक्षण नदेखिँदा हात्तीपाइले रोगले समाजमा जरो गाडेर बसेको छ । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलाइएको लामो समय भए पनि ‘केही भएको छैन, किन औषधि खाने’ भन्ने भ्रमका कारण समाजमा हात्तीपाइले रोगले जरो गाडेर बसेको हो ।

“सङ्क्रमण भएको लामो समयसम्म लक्षण देखिँदैन”, हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आज बसेको जिल्लास्तरीय समन्वय समितिको बैठकमा झापा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो, “जसका कारण समाजमा हत्तीपाइले रोगले जरो गाडेर बसेको छ ।”

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन उहाँले विद्यालयस्तरमा गएर किन औषधि सेवन गर्ने ? भन्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । “विद्यार्थीहरूको पठनबोध धेरै हुन्छ”, उहाँले भन्नुभयो, “घर र समाजमा सचेतना फैलाउन यो उपयोगी हुने देखिन्छ ।”

सुरुमै हात्तीपाइले रोगविरुद्धको औषधि सेवनलाई नकारात्मकरूपमा प्रचार गरिएकाले आम औषधि सेवन प्रभावकारी हुन नसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो । झापामा दैनिक ज्यालादारी मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, सहरीवासी, उच्च वर्ग र सरकारी कर्मचारीहरूले कम औषधि सेवन गर्ने गरेको सर्वेक्षण क्रममा देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताउनुभयो ।

“जान्ने बुझ्नेहरूले नै औषधि सेवन गरेको देखिँदैन”, उहाँले भन्नुभयो, “जसका कारण झापामा ११औँ पटक औषधि सेवन अभियान चलाउँदा पनि सफल हुन सकेको छैन ।” हात्तीपाइले रोगविरुद्धको अभियानमा बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ । नेपालमा यस पटक १५ वटा जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन हुँदैछ । यसमा सरकारले रु दुई अर्ब लगानी गरेको प्रमुख बाराकोटीले बताउनुभयो । झापाका १५ वटा पालिकामा यो अभियानअन्तर्गत रु एक करोड ५० लाख आएको उहाँले जानकारी दिनुभयो ।

झापामा १२औँ पटक फागुन ११ गतेदेखि दुई सातासम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ । जिल्लामा नौ लाख नौ हजार पाँच सय ३७ जनालाई औषधि सेवन गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।

गत वर्ष झापामा ८५.९१ प्रतिशतले औषधि सेवन गरेको तथ्याङ्क रहे पनि औषधि सेवन गर्ने ५० प्रतिशतभन्दा कम रहेको कार्यालय प्रमखु बारोकाटीको भनाइ छ । “औषधि खानेले खाइरहेका छन्, नखानेले नखाएको नखाई”, उहाँले भन्नुभयो, “जसले गर्दा अभियान सफल हुन सकेको छैन ।”

जिल्लामा अघि खुवाइँदै आएको दुईवटा औषधि सेवन गराइँदै आएकामा यस पटक एउटा औषधि थपेर खुवाउन लागिएको छ । यसअघि दुईवटा औषधि कम्तीमा पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्नेमा औषधि थप हुँदा दुई वर्ष मात्र औषधि सेवन गर्दा हुने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताउनुभयो ।

यस पटक उचाइका आधारमा एकजनाले नौवटासम्म औषधि सेवन गर्नुपर्नेछ भने स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराइने उहाँले बताउनुभयो । औषधि सेवनका लागि करिब सात सयजना स्वास्थ्य स्वयंसेवक परिचालन हुनेछन् ।

झापामा सन् २००१ मा सङ्क्रमण दर २४ प्रतिशत थियो भने हाल एक दशमलव ४७ प्रतिशतमा झरेको छ । नेपालका ६४ जिल्ला हात्तीपाइले रोगको जोखिमा रहेको छ भने ३० हजार हात्तीपाइले रोगबाट सङ्क्रमित रहेका छन् । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारणको लक्ष्य लिएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको बैठकले औषधि सेवनका लागि जिल्लाका सबै राजनीतिक दललाई आह्वान गर्न लगाउने, जिल्ला प्रशासन कार्यालय मातहत सबै सरकारी कार्यालयमा औषधि सेवनको पत्राचार र निर्देशन दिने, जिल्लाका सबै सार्वजनिक तथा निजी विद्यालयमा औषधि सेवनका लागि कार्यक्रम गर्ने, जिल्लाका औषधि व्यवसायीलाई अभियानमा आबद्ध गराउनेलगायतका निर्णय गरेको छ । रासस

Chitwan Aaja चितवन आज
आइतबार, माघ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोडको क्षति
अपडेटः नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटनामा परेका २१ घाइतेको पहिचान खुल्यो
राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

ताजा समाचार

सबै

अगरबत्ती उद्योगमा आगलागी हुँदा २ करोडको क्षति

अपडेटः नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटनामा परेका २१ घाइतेको पहिचान खुल्यो

राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

नगरविकास कोषको रकम प्रतिफल दिने क्षेत्रमा लगानी गरौँः मन्त्री घिसिङ

जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

अपडेट: नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

आज शनिबार कुन राशिलाई शुभ ? हेर्नुहोस् राशिफल

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

कांग्रेस बैठकमा महाधिवेशन र निर्वाचनका विषय छलफल जारी

एमाले केन्द्रीय कमिटी बैठकद्वारा पोखरामा ११ औँ महाधिवेशन तय

खाना खाएपछि तुरुन्त पानी पिउँदा के हुन्छ?

चितवनमा साउनयता चार गैँडा मरे

नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ५.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६.
    जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech