चितवन, माघ २४
भरतपुरमा रहेको क्यानेडियन स्टडी सेन्टरद्वारा आयोजित सेमिनार सम्पन्न भएको छ ।
आज मंगलबार भरपुरको सिराईचुली होटलमा एक कार्यक्रमका बीच उक्त सेमिनार सम्पन्न भएको हो । सेमिनारमा २०० जना विद्यार्थी सहभागी भएका कन्सल्टेन्सीका सञ्चालक विशाल अधिकारीले बताए ।
सेमिनारमा क्यानडाका कलेजहरुबाटै आएका प्रतिनिधिले प्रशिक्षण दिएका थिए । क्यानडाका कलेजबाट आएका सौरभ पटेल, रितिका मरोत्रा र सौरभ मल्होत्राले प्रशिक्षण दिएका थिए । साथमा काउन्सिलर हरि अधिकारीको पनि प्रस्तुती रहेको थियो ।
क्यानडामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्ष्ति गरेर सेमिनार आयोजना गरिएको स्टडी सेन्टरकी काउन्सिलर सरतिा रिजालले बताइन् ।
सेमिनारमा क्यानडा कसरी एप्लाई गर्ने ? डकुमेन्ट केके चाहिन्छ ? क्यानडा पुगेपछि जागिको अवसर, पिआर पाउने प्रक्रिया लगायतका कुराहरुका बारेमा विद्यार्थीकहरुलाई जानकारी गराइएको थियो ।