चितवन, माघ २३
एक दशकको भन्दा बढी समय जापान जान चाहने विद्यार्थीहरूको लागि सेवा दिँदै आइरहेको यस आकारुई एजुकेसन कन्सल्टेन्सी प्रालिले भरतपुरमा सेमिनार गर्ने भएको छ ।
आउँदो फेब्रुअरी २५ तारिखका दिन विद्यार्थी भिसा तथा एसएसडब्लु भिसामा जापान जान चाहनेहरुलाई विशेष जानकारीमुलक सेमिनार आयोजना गर्न लागिएको हो ।
आकारुईका प्रबन्ध निर्देशक प्रज्वल पौडेलका अनुसार सेमिनारमा जापानका नर्शिंग केयर सम्बन्धित विशेषज्ञ योसुके नाका मुराको उपस्थिति रहने छ ।
उनले कार्यक्रममा जापानमा नर्शिंग केयर सम्बन्धी जानकारी दिनेछन् । सेमिनारमा नर्सिङका विद्यार्थीहरुका साथै अन्य विद्याथीहरुपनि सहभागि हुन सक्नेछन् ।
सेमिनारमा भाग लिन इच्छुक विद्यार्थीहरुले आफ्नो नाम रजिष्ट्रेशन गराउन सक्ने आकारुई एजुकेसनले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार