मकवानपुर – मकवानपुरमा १३० विघा अफिम र २८ विघा गाँजा खेती नष्ट गरिएको छ । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो ।
प्रहरीले लागू पदार्थ उत्पादन न्यूनिकरण अभियान सञ्चालन गरेर माघ १४ गतेदेखि १६ गतेसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको मकवानपुरका प्रहरी प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ विघा अफिम र २८ विघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो भने कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ विघामा लगाइएको अफिम नष्ट गरेको हो ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













