Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

सरकारले पोर्चुगल, साइप्रस र माल्टाका नेपालीको सहयोगका लागि घुम्ती टोली पठाउने

काठमाडौं, माघ १६-
पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरू समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने भएको छ ।

परराष्ट्रमन्त्री डा।विमला राई पौडेलले एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी रहेको जानकारी दिएकी हुन् ।

गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरूको पहलमा आयोजित जुम अन्तरक्रियामा परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरूमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरूले भोग्नुपरेको समस्या समाधानका लागि पहल गर्ने बताइन् ।

मन्त्री पौडेलले भनिन्–पोर्चुगलको धेरै कुराहरू सुन्यौँ, धेरै नेपाली अलपत्र छन्, कागजपत्र नभएका भन्ने पनि सुन्नमा आएपछि सकेसम्म कन्सुलेट खोल्ने तयारी छ, तर सो कार्य तत्काल सम्भव छैन, त्यसमा आर्थिक पाटो पनि जोडिएको छ । तत्काल समस्या समाधानका लागि २५ देखि १ महिनाभित्र एउटा सरकारी टोली पोर्चुगलमा राख्ने, र त्यहाँका कागजपत्र विहीन तथा समस्याग्रस्त नेपालीलाई सहजीकरण गर्ने योजना बनाएका छौँ ।

मन्त्री पौडेलका अनुसार मन्त्रालयले यसबारे निर्णय गरेर प्रक्रियाका लागि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।

युरोपेली मुलुक माल्टामा दूतावास नहुँदा समस्या परेको विषयमा पनि मन्त्रालय जानकार रहेको मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने आश्वासन दिएकी छन् । हाल बेलायतस्थित दूतावासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेको छ ।

त्यस्तै साइप्रसमा घरेलु कामदारको रूपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो । मन्त्री पौडेलले विदेशस्थित दूतावास तथा कूटनीतिक नियोगलाई २४ घण्टा सञ्चालन गर्न सर्कुलर जारी गरेको समेत जानकारी दिइन् ।

पासपोर्ट नवीकरण गर्दा लामो समय लाग्ने तथा अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्ने भन्नेमा सुझाव दिन एनआरएनएलाई आग्रह गरेकी छन् ।

अन्तरक्रियामा पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी गराउँदै सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउन सक्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, एनआरएनए साइप्रसकी राधा पोखरेलले साइप्रसमा घरेलु कामदारका रूपमा गैरकानूती तवरले बसिरहेका नेपालीको संख्या बढ्दै गएको भन्दै जीटुजीमार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गरिन् ।

एनआरएनए पोल्याण्डका महासचिव पवन, खड्काले त्यहाँको नेपालीको अवस्था र विद्यमान समस्याबारे जानकारी गराए । माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामा दूतावास नहुँदा भोग्नुपरेको समस्या, माल्टासँग नेपालले कूटनीतिक सम्बन्ध विस्तारका लागि गर्न सक्ने पहल लगायतका विषयमा जानकारी गराएका थिए ।

यस्तै, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले विविध कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापन लगायतका समस्याबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीले त्यहाँस्थित नेपालीलाई व्यवसाय गर्न सरकारी स्तरबाट पहल गरी आवश्यक व्यवस्था मिलाउन र कन्सुलर सेवा उपलब्ध गराउन अनुरोध गरे ।

एनआरएनकी महिला उपाध्यक्ष यास्मिन सैयद बेगमले मध्यपूर्वमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी गराउँदै शव व्यवस्थापन र स्वदेश फिर्ताका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताइन् ।

कार्यक्रममा एनआरएनकी मिडिया समिति कोचेयर बाबा राजेश्वरीले कार्यक्रमको सारांश प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण एनआरएनएका उपमहासचिव रामशरण सिम्खडाले गरेका थिए । -नेपाल प्रेस

Chitwan Aaja चितवन आज
सोमबार, माघ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बजारमा ग्यास अभाव, आयात भने नियमित
कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)
रास्वपा सचिवालय बैठक आज

ताजा समाचार

सबै

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

‘वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु हुने गरेको छ’

वन मन्त्रालयमा ‘जेड्सी’ कार्यान्वयन

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

चितवनमा रक्तदान गर्दै बिदा भए निर्वाचन प्रहरी, रोजगारी र तालिमको अवसर

निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु

एमाले अध्यक्ष ओलीद्वारा पितालाई श्रद्धाञ्जली अर्पण

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा ४ सर्वसाधारणको मृत्यु

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री गरिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.