चितवन, माघ १४-
नेकपा एमाले वडा कमिटि भरतपुर ११ ले आज एक कार्यक्रमको आयोजना गरी वृद्धवृद्धा, अग्रजहरुलाई सम्मान गरेको छ ।
आज शनिबार नेकपा एमाले पार्टीमा रही योगदान पु¥याएका पार्टीका अग्रज नेता, वृद्धवृद्धा तथा मृत्युभइसकेका व्यक्तिको श्रीमती एवं परिवारलाई वडा कमिटि ११ ले सम्मान गरेको हो ।
वडा कमिटि ११ भरतपुरका अध्यक्ष प्रकाश आचार्यले पार्टीका अग्रज १२५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको चितवन जिल्लामै पहिलो कार्यक्रम भएको र सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रमकै अवसर पारेर शनिबार नै संघ र प्रदेश निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद् दिदैं कमलादेवी मन्दिर परिसरमा बनभोज कार्यक्रमको पनि आयोजना गरेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार