चितवन, माघ १३-
आउँदो आइतबार नै नागरिकताको प्रतिलिपि लिने रवि लामिछानेले तयारी गरेका छन् ।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनःप्राप्ति नगरेको सर्वोच्चले ठहर गर्दै सांसद पद गुमेपछि उनले नयाँ नागरिकता लिने भएका हुन् ।
सर्वोच्चको आदेशसँगै चितवन २ मा उपनिर्वाचन हुने निश्चित भएको छ ।
सोही कारण नयाँ नागरिकता लिने बित्तिकै रवि लामिछाने चितवन आउनेबारे छलफल भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।
मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रवि लामिछाने भारी मतका साथ चितवन क्षेत्र नं-२ बाट निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार