चितवन, माघ १३-
१ सय १ थान पासर्पोट र ७९ थान पुलिस रिपोर्टसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ जना प्रकाउ परेका छन् ।
अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको पासपोर्ट र पुलिसरिर्पेटसहित नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका(७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ र ललितपुर महानगरपालिका(३ घर भएका ३८ वर्षीय अमित बोगटी पक्राउ परेका हुन् ।
उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।
उनीहरु काठमाडौंबाट नेपाल एयरलाइन्सको उडानद्वारा दिल्ली जान लागेको बताएका छन् ।
उनीहरूको लगेजलाई उडानतर्फको प्रस्थान पछाडि व्यागेज एरियामा एक्सरे गर्ने क्रममा शंकास्पद लागेपछि चेकजाँच गर्दा भेटिएको पासर्पोट र पुलिसरिर्पोट भेटिएको थियो ।