चितवन, माघ १३-
चितवनको भरतपुर महानगरपालिका वडा नम्वर ११ मालपोतचोकमा रहेको ‘स्टार मन्टेश्वरी’ एकेडेमी अभिभावकको रोजाईमा पर्न थालेको छ।
पढाईका अलावा अतिरिक्त कृयाकलापमा पनि अब्बल स्टार मन्टेश्वरी अभिभावकको रोजाईमा परेको हो ।
कुशल नेतृत्व अनि अध्यापनरत शिक्षक शिक्षिकाको निरन्तरको मेहेनतका कारण बिद्यार्थी पढाईसँगै अतिरिक्त कृयाकलापमा पनि उत्तिकै अब्बल भएका उदाहरणहरु ‘स्टार मन्टेश्वरी’मा छन् ।
मन्टेश्वरीमा बिहिबार श्रीपञ्चमीको अवसरमा पारेर विशेष कार्यक्रममा साथ नयाँ भर्ना कार्यक्रम संचालन गरिएको छ । स्कुलले बिहान सरस्वती पूजा तथा अक्षराम्भ गरी नयाँ विद्यार्थीलाई भर्ना गरेको हो ।
मायालु वातावरण, गुणस्तरीय शिक्षा र अनुभवी तथा तलिम प्राप्त शिक्षिकाबाट पढाइ हुने भएकाले श्रीपञ्चमीका दिन अभिभावकहरुले आफ्नो बच्चाको उज्वल भविष्यका लागि लाइन नै बसेर नयाँ भर्ना गरेका थिए ।
मन्टेश्वरीका प्रिन्सिपल गणेश रानाले आफूहरुको मिहेनतलाई बुझेर अभिभावकहरुले विश्वास गरेको बताउँदै बच्चाहरुको राम्रो शिक्षाका लागि ‘स्टार मन्टेश्वरी’लाई नै रोज्न आग्रह गरे ।
अहिले सिमित सिटमा ‘स्टार मन्टेश्वरी’मा नयाँ भर्ना कार्यक्रम संचालन भइरहेको छ ।
२०६७ सालमा स्थापना भएको ‘स्टार मन्टेश्वरी’मा २ देखि ६ बर्षका बालबालिकाको लागि प्लेगुप, नर्सरी, एल केजी, युकेजी कक्षाका पढाइ हुन्छ । अध्ययनका साथै प्रोफेशनल शिक्षकहरुबाट गायन, नृत्य र उद्घोषण कक्षा पनि संचालन गर्दै आइरहेको छ ।
श्रीपञ्चमीका दिन ‘स्टार मन्टेश्वरी’ मा आयोजना गरिएको कार्यक्रमका तस्वीरहरु