चितवन, माघ १३-
डिशहोम फाइवरनेटले चितवनमा वितरण शोरुमको शुभारम्भ गरेको छ।
बिहिबार एक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरिएको हो ।
टाइम्स सेन्ट्रल डिलरसिप अन्तर्गत स्थापना गरिएको “एक्सक्लुसिभ शोरुम”ले अपेक्षित नतिजा ल्याउन सहयोग गर्ने पनि संस्थाका चितवन शाखाका प्रबन्धक युराज गिरीले जानकारी दिए ।
आगामी दिनमा डिशहोमको व्यवसाय विस्तार देखि लिएर सम्पूर्ण ग्राहकहरुको चाहनाअनुसार गुणस्तरमा र सेवामा समर्पित हुँदै थप प्रभावकारी सेवा दिनका लागि “एक्सक्लुसिभ शोरुम” को सुरुवात गरिएको पनि शर्माले बताए ।
डिशहोमका ग्राहकहरुको सेवाका लागि अझ प्रभावकारी ढंगले सेवालाई चुस्तदुरुस्त गर्नपनि सक्रिय रहेको उनको भनाई छ ।
कार्यक्रममा डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिव कार्की र सेल्स अफिसर गौरब घिमिरेको उपस्थितिमा रहेको थियो ।
लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिश होमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको एसडिएन टेक्नोलोजिजले अब डिशहोम फाइवरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ शोरुम मार्फत दिनेछ।
धेरै ग्राहकलाई डिशहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको एसडिएन टेक्नोलोजिजले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागी पनि यस नयाँ शोरुमले मद्दत गर्ने संचालकले जानकारी दिए।