Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

विकासले फेरिएको पश्चिम चितवन

चितवन, माघ ११-
१० वर्षपछि अष्ट्रेलियाबाट घर आएका पश्चिम चितवनको रामपुरका विष्णु अधिकारीलाई यहाँको सडक सञ्जाल देखेर अनौठो लाग्यो ।

हिँड्नुपर्ने अधिकांश सडक कालोपत्र देखेपछि उनी दङ्ग थिए । रामपुरबाट गोलाघाट, शिवघाट, पटिहानी, भरतपुर जहाँ जाँदा पनि कालोपत्र सडक छोड्न नपरेको उनले बताए ।

अधिकारी यसअघि अष्ट्रेलियाबाट आउँदा सडकमा ठूला–ठूला खाल्डा पर्दा बसबाट झरेर बस खाल्डो कटाएरमात्रै फेरि बस चढेको उनलाई अनुभव छ । भरतपुरबाट मेघौली जाने सडकका ठाउँ–ठाउँमा ठूला–ठूला खाल्डा पर्दा पाँच वर्षअघिसम्म यो सडक यात्रा गर्नेहरू ठाउँ–ठाउँमा झर्नुपर्ने बाध्यता थियो । अहिले यो सडक पार गर्दैगर्दा आपूm कुन सडकमा छु भन्ने आभास नहुने गरी फराकिलो कालोपत्र सडक बनेको छ ।

सडक सञ्जालमात्रै होइन, खानेपानी, पर्यटन, सिँचाइ, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको छ । झण्डै २० वर्षपछि यो क्षेत्रले जनप्रतिनिधि पाएसँगै विकासको लहर आएको हो । सोही क्षेत्रबाट यसअघि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । त्यसो त भरतपुर महानगरपालिकामा प्रमुखमा रेनु दाहाल आएसँगै उनको विकास ध्यान पश्चिम चितवनमा केन्द्रित भएको हो ।

नेपाली कांग्रेसका नेता गुञ्जनगर निवासी विष्णु ढकाल विगत पाँच वर्षमा पश्चिम चितवनमा विकासका धेरै काम भएको बताउँछन् । उनले स्मरण गर्दै भने, “गञ्जसिंह गुरुङको घरदेखि तल मेघौलीसम्मको बाटो हिँड्दा निकै दुःख हुने गथ्र्यो ।” ढकालकै नेतृत्वमा सडक निर्माणका लागि धेरैपटक डिभिजन सडक कार्यालयमा डेलिगेसन गएको उनले स्मरण गरे ।

ढकालको भनाइमा सडकसँगै वडा–वडामा भूमिगत जलसिँचाइ भएका छन् । सबैजसो वडामा खानेपानी पुगेको छ । पटिहानी, मेघौली, रानीपोखरी, लक्ष्मीनारायण मन्दिर, राइनो कुञ्ज, गोलाघाट, राइनो पार्कलगायतका धेरै ठाउँ पर्यटकीय गन्तव्य बनेको ढकाल बताउँछन् ।

यससँगै नदी किनारमा बस्नेहरूका लागि सधैँ जोखिम बनेको नारायणी नदी तटबन्धनको काम धमाधम भइरहँदा स्थानीयवासीले सुरक्षित बनेको महसुस गरेका छन् । नदी किनारलाई पर्यटकीय मार्गको रूपमा विकास गरिँदै छ । तत्कालीन गुञ्जनगर गाउँ विकास समितिका उपाध्यक्षसमेत रहेका ढकाल विद्यालयको भौतिक पूर्वाधार बढेको र स्कुल बसले टाढाका विद्यार्थी सहजै विद्यालय पुगेको बताए । ढकालले भने, “महानगरपालिकामा प्रमुख दाहाल आएपछि पश्चिम चितवनले विकासको फड्को मारेको छ ।”

नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओम लामिछाने पछिल्लो समय विकासका धेरै काम भएको बताउँछन् । ग्रामीण क्षेत्रमा बनेका सडक सञ्जालले स्थानीयलाई राहत दिएको उनको बुझाइ छ । पछाडि परेको यस क्षेत्र लामो समयपछि आएका जनप्रतिनिधिका कारण विकास भएको उनी बताउँछन् । प्रधानमन्त्री दाहालले यसअघि यहाँबाट निर्वाचित भएपछिका सभाहरूमा बोल्ने क्रममा भरतपुरलाई नेपालकै नमूना महानगरको रूपमा विकास गरेर यसलाई देशव्यापीरूपमा चिनाउने र अभियानलाई विस्तार गर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरमा जनप्रतिनिधि आएसँगै विकासका दृष्ट्रिले आमूल परिवर्तन ल्याउन सकिएको बताए । पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा अपेक्षाकृत काम भएको उनले बताए । उनले भने, “विगत पाँच वर्षको अवधिमा पश्चिम चितवनले मुहार फेर्न सफल भएको छ ।” आम नागरिकलाई प्रत्याभूत हुने गरी काम भएको उनले बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल आफू निर्वाचित भएर आएपछि छ सय ११ किलोमिटर सडक कालोपत्र गरेको बताउँछिन् । दोस्रो कार्यकालमा भारी मतले विजयी हुनुभएकी दाहालले नारायणी नदी तटबन्धनका लागि अर्बौँको काम भइरहेको भन्दै यसले नदी नियन्त्रणसँगै तटीय क्षेत्रको सुन्दरता बढ्ने गरी काम हुने बताए । उनले भनिन्, “नदी तटीय क्षेत्रलाई पर्यटकीय मार्गका रूपमा विकास गरिँदै छ ।”

महानगरमा चार अर्बभन्दा बढीको खानेपानी योजना केही सम्पन्न भएको र केही अन्तिम चरणमा पुगेको छ । उनले भनिन्, “सबै वडामा स्वच्छ पिउने पानी पु¥याउँदै छौँ ।” पश्चिम चितवनका सुक्खा क्षेत्रका अधिकांश भागमा भूमिगत सिँचाइ प्रणालीमार्फत सिँचाइको काम गरिएको उनी बताउँछिन् । यसले पश्चिम चितवनलाई हराभरा बनाएको तरकारी, तेलहन र खाद्यान्न बालीको उत्पादन वृद्धि भएको उनको भनाइ छ ।

विद्यालयलाई भौतिक संरचनाले पूर्ण बनाउँदै टाढाबाट विद्यार्थी ल्याउन बस उपलब्ध गराइएको छ । यसले समग्र विद्यालयको शैक्षिक गुणस्तर बढेको उनको भनाइ छ । महानगरका पर्यटकीय गन्तव्यलाई सङ्घ र प्रदेशका महत्वपूर्ण गन्तव्यमा सूचीकरण गराई यसको पूर्वाधार विकास गराइएको उनले जानकारी दिइन् । आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ । शिवनगर र शारदानगर स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पताल बनाइएको छ ।

विभिन्न वडामा सेवा केन्द्र विस्तार गरी महानगरवासीलाई सहजीकरण गरिएको छ । पश्चिम चितवनलाई पर्यटन केन्द्रका रूपमा विकास गरिएको छ । चौबीसकोठी–गोलाघाट सडकलाई सहायक राजमार्गका रूपमा सूचीकृत गरिएको छ । हुलाकी सडकलाई स्तरोन्नति गरिएको छ । मेघौली विमानस्थल स्तरोन्नति गरी नियमित सञ्चालन गर्ने तयारी गरिएको छ । बजारी क्षेत्रमा स्मार्ट लाइट जडान गरी उज्यालो भरतपुर अभियान अगाडि बढाइएको छ । कुलो मर्मत गरिएको छ । रामपुरमा त्रिभुवन विश्वविद्यालयको आङ्गिक इञ्जीनियरिङ कलेज सञ्चालनमा ल्याइएको छ । -रासस

Chitwan Aaja चितवन आज
बुधबार, माघ ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.