चितवन, माघ ११-
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुधबार आज एक भब्य समारोहका बीच भरतपुर महानगरपालिकाले बिदाइ गरेको छ ।
महानगरपालिकाका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले प्रमुख जिल्ला अधिकारी तामाङलाई बिदाइ गरेका हुन् ।
कार्यक्रममा कार्यबाहक नगर प्रमुख अधिकारीले चितवन जिल्लामा रहदा प्रमुख जिल्ला अधिकारी तामाङले पुर्याउनु भएको योगदानको प्रशंसा गर्दै कार्यकाल अवधिभर जिल्लामा अपराधिक क्रियाकलापका घटनाहरु नभएकोमा खुशी व्यक्त गरे ।
तिनै तहका निर्वाचन सौर्न्दर्य पुर्ण वातावरणमा सम्पन्न गर्न सफल बनेको तामाङलाई बधाई दिदैं आगामी दिनमा उज्ज्वल भबिस्यको कामना गरे ।
बिदाइ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले चितवनसहित भरतपुर महानगरपालिकाको सेवा गर्ने मौका पाएकोमा आफूलाई सदैव गर्व लाग्ने बताउँदै आगामी दिनमा मौका मिले चितवनका जनताको सेवा गर्न आफू तयार रहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।