माडी, माघ ११-
माडीमा ध्रुवे हात्तीले मंगलबार राती २ वटा घर भत्काएको छ ।
मंगलबार राती करीब ११ बजे पाण्डवनगरको गाउँमा प्रवेश गरी ध्रुवेले दुईवटा घर भत्काएको हो।
ध्रुवेले भुवन विश्वकर्माको घरको छानो भत्काएको छ भने नेत्र बहादुर परियारको भान्सा घर पूर्णरूपमा क्षति पु¥याएको छ ।
घरभित्र रहेका स्थानीय भने हात्ती आएको थाहा पाएलगत्तै भागेका कारण सुरक्षित छन् ।