Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

असामाजिक बन्दै गएका सामाजिक सञ्जाल : सिर्जना, धैर्यता र सत्य हराउँदै जाने खतरा

काठमाडौं, माघ ८-
‘विमान खसेको थाहा भएपछि लगत्तै घटनास्थलमा पुग्यौँ। हामी धेरै स्थानीय थियौँ। म कोही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिएला कि भनेर जहाजमा च्यापिएका र बाहिर यात्रु खोज्न थालेँ। जहाजका केही पार्ट डिलसम्मै पुगेका थिए। मैले चाहिँ डिलबाट केहीलाई त जिउँदै निकालेको हुँ। बाहिर अरू पनि खसेका थिए। अरूलाई पनि निकाल्न आउनु न भन्दा कोही आएनन्। सबै मोबाइलमा भिडियो खिचेर बसे। अझ मैले त तपाइँका बाबुआमा होलान्, दाजुभाइ होलान् आउनुस् न निकाल्न भनेँ। मेरो कुरा कसैले सुनेनन्। म एक्लैले सात जनालाई बाहिर निकालेँ । पछि उनीहरुलाई गण्डकी अस्पताल लगिएको सुनेँ, अहिले के भयो थाहा छैन।’

जहाज खसेको दुःखद दुर्घटनाको पीडा त सबैमा छँदै नै थियो। त्यसमा पनि यी स्थानीयको बयानले धेरैको मन थप छियाछिया बनायो। यही माघ १ गते बिहान पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो।

त्यस दुःखद दुर्घटनामा परेर ७२ जनाले ज्यान गुमाए। बिहान विमान खसेपछि तत्कालै घटनास्थलमा पुगेका थिए स्थानीय। तीमध्येका एकको यस्तो बयान सुन्दा, पढ्दा मनै चसक्क बनायो।

एकपछि अर्कोगरी अनलाइन समाचारमा जहाजमा रहेका यात्रुको शव भेटिँदै गएको खबरसँगै घटनास्थलबाट यी स्थानीयले प्रस्तुत गरेको यो दृश्यले धेरैलाई रुवायो।

सुन्दै अपत्यारिलो लाग्ने यो दृश्यको वास्तविकता कसरी सम्भव छरु नेपाली मन यतिविधि निर्दयी हुन सक्छरु नेपाली समाजको यो नियतिको पछाडि आखिर के छरु नेपाली समाजको सामाजिक पक्षको विकास कसरी भइरहेको छ ?

अकल्पनीय यस्ता दृश्यहरु नेपाली समाजमा वास्तविकता बनेर किन र कसरी देखिँदैछन्रु प्रश्न समाजशास्त्रीहरुलाई गए पनि सोच्नुपर्ने अवस्था सबैको छ। तर हिजोआज सतहमा देखिएको एउटा उत्तर भने सामाजिक सञ्जाल नै हो।

जसले यी अकल्पनीय कल्पनाहरुलाई पनि वास्तविक बनाई दिँदैछन्। यो र यस्तै अरू पनि कतिपय घटना दुर्घटना सुन्ने गरेका छौँ जसको पछाडि सामाजिक सञ्जाल जोडिएर आउने गरेका छन्।

हो, मानिसको हातमा मोबाइल नभइदिएको भए यो निर्दयता सम्भव थिएन होला। मोबाइलको भिडियो भाइरल बन्ने लत नबसकेको भए कसैले पनि यस्ता दृश्य खिचेर बस्न सक्दैनथ्यो।

हुन त उनीहरुका सामु अरू बग्रेल्ती विषयहरु पनि होलान्, तर अबका दिनमा भने समाजशास्त्रीहरुले आफ्ना अनुसन्धानका समस्याका कथन (स्टेटमेन्ट अफ दी प्रब्लेम) सामाजिक सञ्जाल बनाउनुपर्ने देखिन्छ।

सामाजिक सञ्जालमा चौबिसै घण्टा झुन्डिने लतले यो र यस्तै अरू के कति स्वरुप र मात्रामा नेपाली समाजलाई असामाजिक बनाउँदैछन् भनेर खोज्नुपर्ने दिन अब आएको छ। त्यसो भयो भने यस अनुसन्धानको निष्कर्षमा सामाजिक सञ्जालको सिर्जनात्मक र सही प्रयोग कसरी गर्ने भन्ने निस्कन सक्छ र त्यो सबैलाई काम लाग्न सक्छ।

नेपाली समाजलाई पनि ‘भिडियो भाइरल’ को लतबाट बाहिर निकाली सिर्जनात्मकतातर्फ लैजान सक्छ। यसबाट सकारात्मक सोचमा र सत्य बक्ने बाटोतर्फ समाजलाई डोर्‍याउन सहज हुनेछ।

अघिल्लो हप्ता राष्ट्रपति विद्या भण्डारी राष्ट्रपति निवास शीतल निवासबाट साझा यातायातको बिजुली बस चढेर ललितपुरका केही सम्पदाको भ्रमणमा जाइन्। अघिपछि राज्यले दिएको सुविधाको लावालस्करमा यात्रा गर्ने राष्ट्रपति त्यस दिन सर्वसाधारणले चढ्ने बस चढिन्।

के यो नराम्रो काम थियोरु एकातर्फ नागरिकले सधैँजसो चढ्ने साझा बस चढिन् जुन हिजोका दिनमा उनी पनि चढ्ने गर्थिन्। अर्कातर्फ इन्धनमा शत्प्रतिशत विदेशमा निर्भर हुनु परिरहेको हाम्रो जस्तो देशमा राष्ट्रपतिले बिजुली बस चढिन् र जसका कारण बिजुलीबाट चल्ने सवारीहरुको प्रचार पनि भयो।

यसरी सकारात्मक रुपमा लिएर प्रचार गर्न पनि त सकिन्थ्यो, जसले समाजमा सकारात्मक सन्देशको ऊर्जा पनि प्रदान गर्दथ्यो। तर सामाजिक सञ्जालमा त राष्ट्रपतिले साझा बस चढ्नुलाई ‘नाटक’ सम्मको अर्थ लगाइयो र किन यस्तो गरेको भनेर दुष्प्रचारसमेत गरियो।

यतिमात्र नभएर राष्ट्रपति भण्डारीले बस चढ्दा र ओर्लंदा पिर्कामा टेक्नुभएको विषयको समेत जानाजानी गलत प्रचार गरियो। यसलाई पनि सामाजिक सञ्जालमा विभिन्न अर्थ लगाइयो। कतिले यसैलाई ‘राष्ट्रपतिले भुइँमा टेक्न नहुने हो ररु’ भनेर समेत अथ्र्याए।

के सर्वसाधारणले साझा बसमा हिँड्दा यसरी नै पिर्कामा टेकेर उक्लिन्छन् त भनेर तुलना गरे। कतिपय सामाजिक सञ्जालको आशय यस्तो देखिन्थ्यो कि राष्ट्रपतिले पनि अरुले जे गरेका थिए त्यसै गर्नुपर्दथ्यो।

यो कस्तो अमानवीय सोच होरु कोही व्यक्ति बिरामी छ, उसको शरीरले हुँदैन र कुनै भौतिक वस्तुको सहारा लिनुपर्ने भएरै लिन्छ भने त्यसमाथि किन यसरी कठोर टिप्पणी गर्नुरु सामाजिक सञ्जालमा आउने यस्तै टीकाटिप्पणीहरु हेर्दा लाग्छ सामाजिक सञ्जाल नकारात्मक सन्देश प्रचार गर्न मात्र प्रयोग हुन्छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी चढ्दा, ओर्लंदा या कुनै अग्लो स्थानमा उक्लनका लागि पिर्काजस्तो काठको वस्तु प्रयोग गर्छिन्। तर जबजब उनले पिर्काको प्रयोग गरेका तस्बिरहरु सार्वजनिक हुन्छन् त्यसपछि सामाजिक सञ्जालमा यस्ता टिप्पणी आउने गर्दछन्।

राष्ट्रपति भण्डारीलाई करिब डेढ दशकअघि ब्लड क्यान्सर भएको थियो। भारतको एपोलो अस्पतालमा क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीको स्टेरोइड औषधिले उनको कम्मरको जोर्नीमा खराबी देखिएकाले प्रत्यारोपण गरिएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका विशेषज्ञ डा कैलाश भण्डारी बताउँछन्।

उनका अनुसार राष्ट्रपतिको हिपमा खराबी देखिएपछि मेटल ‘हिप रिप्लेस्मेन्ट’ गरिएको छ, यस्तो बिरामीले धेरै माथिसम्म खुट्टा उठाउन हुँदैन, समस्या हुन्छ। त्यसैले उनी उक्लने र ओर्लने ठाउँ केही अग्लो या होचो छ भने त्यसका लागि ‘सपोर्ट’ राख्ने गरिएको हुनसक्छ।

‘हिप रिप्लेस्मेन्ट’ गर्ने मान्छेले माथिसम्म खुट्टा उठाउँदा प्रत्यारोपण गरिएको हिपले ठाउँ छोड्ने ९डिस्लोकेट हुने० पनि हुनसक्छ। यसैकारण उहाँले गाडी चढ्ने र ओर्लने बेलामा पनि कुनै अग्लो वस्तुको सहायता आवश्यक पर्ने गर्दछ। कुनै पनि मानिसको शारीरिक अस्वस्थतामाथि निर्दयी भएर यसरी टिप्पणी गर्न मिल्छ ?

 

यस्तै नकारात्मक टिप्पणी नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाप्रति पनि केही अघि गरिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आएका बेला उनी र प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध भगवान्प्रति बसेर स्तुति गरेका थिए भने डा आरजुले भने उठेरै गरेकी थिइन्।

उनको पनि स्वास्थ्यमा समस्या भएकाले बस्न नमिल्ने भएर उभिएरै प्रार्थना गरेकी थिइन्। तर त्यो तस्बिर मिडियामा आएपछि सामाजिक सञ्जालमा उनको आलोचना नै भयो।

कतिपयले प्रधानमन्त्रीहरु बसिरहेका बेला डा आरजु किन उठेको भनेर प्रश्न मात्र गरे। यहाँसम्म कि कसैकसैले त उनी उठेको विषयलाई अशिष्टतासम्म भन्न पनि भ्याए। वास्तविकता के थियो र उनी के कस्तो समस्याले उठ्नुपरेको थियो भन्ने विषयको तथ्यमा धेरै पुगेनन् तथ्यहीन टिप्पणी मात्र गरिरहे।

भनिन्छ, संसार छ र त सञ्चार छ। पहिले त संसार हुनुपर्छ नत्र केको सञ्चार गर्नुरु आज विश्वका मिडियामा सबै नागरिकको पहुँच पुग्न नसकेकाले होला सामाजिक सञ्जालको जन्म भएको। यसैले त संसारका मानिसलाई सञ्चारको जालोमा ल्याएको छ।

अनि यही सञ्जालले नै यसका प्रयोगकर्ता सबै मानिसलाई सञ्चारकर्मी बनाएको छ। अहिले सञ्चारकर्मी हुनलाई पत्रकार नै हुनु पर्दैन, सामाजिक सञ्जाल भए हुन्छ। किनभने हरेक व्यक्तिले यसैबाट सञ्चार गरिरहेको छ।

अर्को कुरा यो नागरिक पत्रकारिताको युग पनि हो। अहिले मानिसले सामाजिक सञ्जालबाट नै पत्रकारिता गर्न सक्ने भएको छ र कतिले गरेको पनि छ। त्यसो भए पत्रकारले यस्तो अमानवीय पत्रकारिता गर्न मिल्छ तरु के यसलाई नागरिक पत्रकारिता भन्न मिल्छरु

सामाजिक सञ्जाल भनेका व्यक्तिका पिर व्यथा र खुसी साट्ने तथा खानपिन र उठबसका तस्बिर राख्ने अनि बाँकी सबैजसो आलोचना नै गर्ने माध्यममात्र होइनन् भन्ने बहस हुनु जरुरी छ। जनताका चासोका सूचनाहरु आदानप्रदान गर्ने र बौद्धिक बहस गर्ने ‘प्लेटफर्म’ पनि हो यो।

कतिपय देशमा सामाजिक सञ्जाललाई चुनावी अभियान चलाउने र राष्ट्रका लागि ‘एजेन्डा’ सेटिङ गर्ने सशक्त औजारका रुपमा प्रयोगमा नै ल्याइसकेका छन्।

अघिल्लो दशक प्रजातन्त्रका लागि सुरु गरिएको क्रान्तिमा अरब वसन्त नाम दिनसक्ने हैसियत निर्माण गर्ने काम यिनै सामाजिक सञ्जालले नै गरेका थिए। किनभने मध्यपूर्वी देशहरुमा प्रजातन्त्रको बहार ल्याउन सामाजिक सञ्जालकै मुख्य भूमिका थियो।

अहिले जनजीविकाका विषयदेखि सामुन्द्रिक तटमा बसेका मानिसहरुलाई सुनामी आउने सूचनाबाट बचाउने कामसम्मका लागि यिनै सामाजिक सञ्जालको सहायता लिने गरिएको छ।

भारतमा त सूचनाको हकको प्रयोग गर्न सामाजिक सञ्जालबाट थालिएको अभियानले भ्रष्टाचार विरुद्धको अभियान नै सञ्चालन गर्‍यो र यही अभियानको उपजका रुपमा अरबिन्द केजरीवाल जस्ता नेता जन्मिए।

त्यसैले हामीले पनि सामाजिक सञ्जालको प्रयोग देश र जनताका लागि यस्तै सिर्जनात्मक रुपमा गरौँ। अहिले असामाजिक बन्दै गएका सामाजिक सञ्जाललाई यसैगरी छोड्यौँ भने यसले हामी र हाम्रो समाजलाई सकारात्मक हुन नै सिकाउँदैन। अनि यस्तै दुरुपयोगबाट नै सिर्जना, धैर्यता र सत्य हराउँदै जाने खतरा दिनप्रतिदिन बढ्दै जानेछ। -रासस

Chitwan Aaja चितवन आज
आइतबार, माघ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.