काठमाडौं, माघ ७-
कम्बोडियामा ज्यान गुमाएका निराकार पाण्डेको आज अन्त्येष्टि गरिँदै छ ।
कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटेल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका पाण्डेको कनकाई माइमा अन्त्येष्टि गर्न लागेको हो ।
बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको शव २४ दिनपछि गृहजिल्ला झापा ल्याइएको हो ।