चितवन, माघ ६–
नेपाली कांग्रेस चितवनको कार्यालयमा तालाबन्दी भएको छ ।
नेपाल विद्यार्थी संघ चितवनका उपाध्यक्ष प्रकाश भण्डारीसहितको टोलीले आज पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।
जिल्ला सभापति राजेश्वर खनालले एकलौटी ढंगले नेविसंघ चितवनको नेतृत्वको नाम केन्द्रमा पठाएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
मनलाग्दी रुपमा एक जनाको नाम मात्रै केन्द्रमा सिफारिस गरिएकोले विरोध स्वरुप तालाबन्दी गरिएको तालाबन्दी क्रममा टाँसिएको विज्ञप्तिमा उल्लेख छ ।