चितवन ४ माघ –
चितवनको खैरहनीमा बागमती प्रादेशिक एवं दोश्रो खैरहनी महोत्सव सुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश र उद्योग बाणिज्य संघ खैरहनीको सयुक्त आयोजनामा सुरु भएको महोत्सवको मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरे ।
सो अवसरमा वोल्दै मुख्यमन्त्री जमरकट्टेलले उद्योग व्यवसाय,कृषि क्षेत्रको विकासका लागि लगानीको मोडेल परिवर्तन गर्नु पर्नेमा जोड दिए । हामीले जुनसुकै पेशा,व्यवसाय पुरानै शैलीमा गर्दै आएका छौं,मुख्यमन्त्री जमरकट्टेलले भने – व्यवसायको विकासका लागि उत्पादन वढाउन जरुरी छ,त्यसका लागि तरिका,शैली परिवर्तन गर्नुपर्छ । आगामी वजेटमा युवा रोजगारी र कृषि क्षेत्रमा पर्याप्त वजेट विनियोजन गर्ने मुख्यमन्त्रीको भनाई थियो ।