चितवन, माघ २-
पोखरामा आइतबार भएको यति एयरको विमान दुर्घटनामा काम गर्न थालेको ५ महिना हुँदै गर्दा विमान परिचालिका (एयर होस्टेस) ओसिन आलेमगरको अकल्पनिय मृत्यु हुन पुग्यो ।
उनी माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीकी हुन् । उनको मृत्युले उनको परिवार विक्षिप्त बनेको छ ।
छोरीको शव बुझ्न उनका बुबा मोहन आले मगर र आमा सबनम आले मगर, ओसिनका ठूला बुबाहरु माडीबाट पोखरा पुगेका छन् ।
छोरीले काठमाडौँमा बसेर काम गर्न थालेपछि उनको परिवार पछिल्लो १ वर्षदेखि काठमाडौँमा बस्दै आएको भण्डारीले बताए । यति एयरमा काम गर्नुअघि ओसिनले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी हुन् ।






