चितवन, माघ १-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवघाट मेलाको अवलोकन गरेकी छन् । हरेक वर्ष माघे संक्रान्तिको अवसरमाचितवन र तनहुँमा लाग्ने मेलाको मेयर दाहालले स्थलगत अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएकी हुन् ।
मेयर दाहालले देवघाटको वेणी संगममा स्नान गर्नुका साथै पुजा आराधाना गरिन् ।
मेलाको अवलोकन पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै मेयर दाहालले देवघाटधामलाई धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास गर्नमहानगरपालिकाबाट वर्षेनी ठुलो रकम विनियोजन गर्दै आएको बताइन् ।
मेयर दाहालले देवघाटलाई थप व्यवस्थित गर्न सके ठूलो संख्यामा भक्तजनहरु भित्र्याउन सकिने उल्लेख गरिन् ।
देवघाट भरतपुर महानगरको प्रमुख धार्मिक पर्यटीय क्षेत्र होूउहाँले भन्नुभयो, ूयसको महत्वलाई अन्तराष्ट्रियकरण गर्न जरुरी छ ।देवघाटलाई मौलिकशैलीमा विकास गर्नुपर्छ । यसतर्फ महानगरको ध्यान दिईरहेको छ ।”
देवघाट मेलाको अवलोकन गरेपछि मेयर दाहाले बाल्यकालमा हजुर आमासँग मेला घुमेको स्मरण ताजा भएको बताइन् ।
पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा माघे संक्रन्तिको अवसरमा हरेक वर्ष ठुलो मेला लाग्ने गर्दछ ।
नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालुआउने गर्दछन् ।
त्रिशुली नदी र कालीगण्डकीको संगम यसै दिनमा भएकोले यस दिनमा देवघाटधामको विशेष महत्व भएको हो ।
मकर संक्रान्तिकोदिनमा यस पवित्र देव नदीको संगममा स्नान गर्न सम्पूर्ण देवताहरु यहाँ आईपुग्ने अद्देश्यरुपमा भएपनि सम्पूर्ण देवताहरुको जमघट हुनेभएकाले यस समयमा संगममा स्नान गर्नुको ठूलो महत्व छ ।